Thursday, January 23, 2025

चन्द्रपुरमा बृहत् साहित्यिक गोष्ठी सम्पन्न

पछिल्लाे समाचार


रौतहट ६ फागुन । स्वतन्त्रता सेनानी स्व. पुण्य प्रसाद दाहालको स्मृतिमा चन्द्रपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम-२०८० सम्पन्न भएको छ ।
आइतवार हिमालयन होटल, चन्द्रपुरमा नेपाल स्रष्टा समाज र साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका ५ नं. वडा कार्यालयको सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।
चन्द्रपुर ५ का वडा अध्यक्ष तथा सो कार्यक्रमका सभाध्यक्ष निलहरी कोइराला ले कला साहित्य को संरक्षण र बिकासको लागि वडाले सक्दो प्रयास गरीरहेको बताएका छन ।


उनले भने ” कला,साहित्य पनि समाजको अभिन्न अङ्ग हो सवै मिलेर संरक्षण र प्रवर्धन गर्नु पर्छ ।”
प्रमुख अतिथी नगेन्द्र राज शर्मा ले वडाले यस्तो कार्यक्रम गरेको मा धन्यवाद दिदै साहित्य मार्फत समाज लाई सकारात्मक बाटो मा हिड्न प्रेरणा मिल्ने बताए ।


देशका विभिन्न जिल्ला झै रौतहट पनि नया तथा पुराना श्रष्टाहरुको मेहनतले अगाडि बढीरहेको भन्दै खुशी ब्यक्त गरेका छन ।
सो कार्यक्रमको संयोजक लक्ष्मी श्रेष्ठ रहेकी थिइन । कार्यक्रममा समाजमा विशेष योगदान पुर्याउने तीन जना लाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पुर्व शिक्षक राम प्रित चौधरी , छविलाल घिमिरे लाई मरणोप्रान्त र अर्का सम्मानित हुनेमा हसिमा खातुन रहेका छन ।
कार्यक्रमका सहभागी लाइ स्वागत लेखक तथा साहित्यकार माधव काफ्ले गरेका थिए । सो कार्यक्रमको संचालन प्रख्यात मुक्तककार हरिकृष्ण काफ्लेले गरेका थिए । सो कार्यक्रममा एक दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु