रौतहट ५ फागुन । चन्द्रपुर नगरपालिकाको १२ औ हिउदे नगर सभा शनिवार सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिएको बताएका छन ।
सुरक्षित आबासका काम सम्पन्न नभई भुक्तानी नगर्न सासद तिमल्सिनाले अग्रह गरेका छन ।
जनप्रतिनिधिहरुलाइ नागरिकको सेबकको रुपमा काम गर्न उनले आग्रह गरेका छन ।
चन्द्रपुर नगरपालिकाका उपमेयर जयमाला चौधरीले नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताइन ।
सो सभामा १ अर्ब ४९ करोड ४७ लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश भएको छ ।
सभाले आगामी योजना, कार्यक्रम ,बजेट का साथै बिभिन्न कानुन समेत पारित गरेको छ ।
सभाका अध्यक्ष मेयर संजय काफलेले बिकासको गति लिईरहेको र गौरबका योजनाका अघि बढदै गईरहेको बताएका छन ।