रौतहट २३ माघ ।गरुडा नगरपालिकको कार्यलयमा करीव एक महिना अघि देखि लागेको ताला सोमबार खुलेको छ ।
रौतहटको गरुडा नगरपालिकामा करिब एक महिना देखि लागिएको ताला उपप्रमुख पुनम चौधरीले खोलेकी छिन ।
मेयर र उपमेयरको आन्तरिक बिवादले एक महिना देखि बन्द रहेको कार्यालय मेयर र उपमेयर सहित आन्दोलनरत पक्ष बिच छलफल भएपछि ताला खुलेको छ ।
उप-मेयर पुनम चौधरी, मेयर कन्थमनी प्रसाद कलवार , मधेश प्रदेश सांसद केशव राय चौधरी , जिल्ला सभापति राम अयोध्या राय, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, राजनीतिकर्मी,सुरक्षा निकाय र सञ्चारकर्मीको रोहवरमा ताला खोलिएको हो ।