रौतहट १० फागुन। देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कचकर्मैया गाउँमा रहेको प्राबिमा डेक्स बेन्च, कक्षा कोठाको अभाव भएको छ ।
सो नपामा को वडा नम्बर ६ को श्री प्राथमिक बिधालय अवस्था नाजुक छ ।
कक्षा ६ सम्म अध्ययन हुने बिधालयमा ४ वटा कोठा मात्र रहेका बिधालयका प्रधानाध्यापक हृदेयनारायण प्रसाद साहले बताए ।
बिधालयमा प्रअको जिम्मेवारी पाए संगै बिधालयमा राष्ट्रिय गान, शारीरिक तालिम, पोसाक बिना प्रवेश निशेध आदि विभिन्न सुधारका काम गरेको तर, बिधालयमा बिद्यार्थीहरुको संख्या जतिको कक्षा कोठा नरहेका कारण पठनपाठन मा समस्या हुँदै आएको बताए ।
स्थानीय सरकार र वडाले ध्यान नदिएको र जिम्मेवार अभिभावक र जनप्रतिनिधिहरुको पनि ध्यान नगएका कारण बिधालयको अवस्था नाजुक रहेको उनले बताए ।
३ सयभन्दा बढीको संख्यामा बिद्यार्थीहरु रहेको प्राबीमा ७ जना शिक्षक शिक्षिकाहरु छन ।
बाल बिकासका बिद्यार्थी एक कक्षा कोठामा, १/२ का बिद्यार्थीहरु अर्को कक्षा कोठामा, ३/४ का बिद्यार्थी अर्को कक्षा कोठामा र ५/६ का बिद्यार्थीहरु अर्को कक्षा कोठा गरि व्यवस्था मिलाएको प्रधानाध्यापक साहले बताए ।
कक्षा कोठाको अभावका कारण कार्यालय काम पनि कक्षा कोठा बाटै हुने गरेको छ ।
कक्षा ५/६ मा अध्यापन गराउदै आएका शिक्षक अफरोज आलमले एकै कक्षा कोठामा दुई शिक्षकले पठनपाठन गराउन सम्भव नरहेका कारण एकलै दुवै कक्षाका बिद्यार्थीहरुलाइ पढाउदै आएको बताए ।
वडा अध्यक्ष विष्णुप्रसाद दासले समस्याको समाधान बिस्तारै पहल गर्दै आएको बताएका छन ।