Wednesday, January 22, 2025

ईशनाथ मा कर्फ्यू आदेश

पछिल्लाे समाचार

रौतहट ५ फागुन । सरस्वतीको मूर्ति सेलाउने क्रममा दुइपक्ष बिच झडप भएपछि इशनाथ नपामा कर्फ्यू आदेश जारी भएको छ ।
सरस्वतीको मूर्ति सेलाउने बिषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा दुई समुदाय बिच झडप भएको थियो ।
झडपमा केही व्यक्ति घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दुई पक्षबीच झडप भएपछि स्थितीलाइ नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन ।
पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजाने क्रममा अर्को पक्षले बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेपछि तनाव बढेको थियो ।
मूर्ति सेलाउन जानेहरुले त्यस पछि बाटोमै मूर्ति राखेर बसेका थिए ।
मोतिपुरमा दुई पक्ष बिच विवाद र झडप भएको बिषयलाई लिएर शनिवार पनि पुनः विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी भएको हो ।
शनिवार बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो।


उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारबाही हुने स्थानिय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनको रोहबरमा शनिवार दिउँस दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । तर केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुंढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।
रौतहटको इशनाथ नगरपालिकामा सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको मा गम्भीर चोट लागेको थियो भने केही घाइते भएका थिए ।
ईशनाथ-५ जटहरा टोल बाट सरस्वतीको मूर्ति लिएर डुमरिया नजिक अडुवा नदीमा मुर्ति सेलाउन जाने क्रममा दिउँसो २ बजे तिर मोतिपुर गाउँमा केही ब्यक्तीले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवान लगाएत ४/५ जना घाइते भएका थिए ।
रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत का गाउहरुमा दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झण्डाको विसर्जनको क्रममा बर्सेनि झडप हुने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु