रौतहट, ९ फागुन । इशनाथ नगरपालिका वडा नम्वर ७ घिउरामा सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर भएको झड्प पछि अनिश्चितकालिन लगाइएको निशेधाज्ञा बुधवार साँझ ५ बजे देखि हटाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको पत्रमा इशनाथको अवस्था सामान्य बन्दै गए पछि साँझ ५ बजे देखि पूर्ण रुपमा निशेधाज्ञा हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित “ निशेधाज्ञा आदेश हटाइएको” सूचनामा भनिएको छ, इशनाथ नपा ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुबै समुदाय बीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न गत ५ गते बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि इशनाथ नपाको वडा नम्वर २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन। २०२८ को दफा ६ को क (१) बमोजिम कर्फयु आदेश जारी गरिएकोमा हाल अवस्था सामान्य भइसकेकोमा उक्त क्षेत्र सिमा विस्तार सहितको गत ६ मा जारी निशेधाज्ञा आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को ५ बमोजिम बुधवार साँझ ५ बजे देखि लागु हुनेगरी पूर्ण रुपमा हटाइएकाे उल्लेख छ ।