रौतहट, ५ फागुन । आम जनता पार्टीले अराजकताका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।
भन्सार लुटकारी नीति सहित राज्य पक्षद्वारा मचाइराखेको अराजकताको कारण मुलुकमा चरम भ्रष्टाचार बढेको भन्दै आम नागरिकहरु गम्भीर बनेर लुटकारी नीतिको विरुद्धमा उभिनका लागि सो पार्टी आग्र गरेको छ ।
रौतहट सदरमुकाम गौरमा शुक्रवार आम जनता पार्टीैले आयोजना गरेको वृहद नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
सो अन्तरक्रिया कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार छली नियन्त्रणको नाममा भईरहेको लुटलाई रोक्न जिल्लाका बासिन्दाहरु सजग हुन आग्रह गरेका छन ।
सोही अन्तरक्रिया कार्यक्रमबाट रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय गौर नगरकमिटी सहमतीबाट चयन गरिएको आम जनता पार्टीले जनाएको छ । सो भेलामा आजपाको महासचिव उपेन्द्र साह, नेता हरु मनोज यादव, निवेश यादव, अमित साह लगायतका को उस्थिति रहेको थियो ।