Thursday, January 23, 2025

सुुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक कार्यक्रम रौतहटमा सम्पन्न

पछिल्लाे समाचार


रौतहट,५ गते फागुन ।रौतहट को देवाहीगोनाही–रौतहटमा सुुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजन गरिएको हो ।शुक्रवार तराइ विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना र जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन तथा देवाहीगोनाही नगरपालिकाको सहकार्यमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका डा.हेम बहादुर केसीले पहिला कागजात नपुुगेर भ्रष्टाचार ठहरिन्थ्यो अहिले आएर कागजात भित्र नै भ्रष्टाचार बढेको बताएका छन ।
सरकारी कार्यालयम कागजात सच्याउने काम भइरहेकोले ले यस्तो नगर्न उनले आग्रह गरे ।
केसीले हरेक इकाइहरुमा सदाचार युनिट गठन गरेर अगाडी बढन सके भ्रष्टाचारलाई न्यूूनिकरण गर्न सकिने बताए ।
कार्यक्रममा महालेखा परिक्षक कार्यालयका नायव महालेखा परिक्षक एवम् मधेस प्रदेश प्रमुख श्याम भण्डारीले कार्यालयहरुको प्रशासन व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ,त्यसको सुुझाव दिने काम मात्र मलेपाले गरिरहेको बताए ।
देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले नगरपालिकाको परिचय दिदै यहाँ बाट हुुने सेवा प्रवाह बारे जानकारी गराएका छन । स्थानिय तह सञ्चालनमा कार्यालय प्रमुखले सामना गर्नु परेको समस्या बारे पनि धारण राखेका थिए ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफनो भूमिका बिर्सेर अरुको काममा चासो देखाएका कारण स्थानिय तहमा समस्या आउने देखिने गरेको धारणा राखेका छन ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुुमार फुुयालले स्थानिय तहले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुुर्याएको आधारमा छनौट गरि आयोजना बितरण गर्दै आएको बताए ।
आगामी वर्ष स्थानिय तहलाइ प्रदान गर्दै आएको आयोजनामा समिक्षा गरेर बढने उनको प्रतिबद्धता छ ।
आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईले रौतहट लाई समृद्ध बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजन गरेको बताए ।
कार्यक्रममा जिल्लाको १८ स्थानिय तहका प्रमुख,उपप्रमुख,विभिन्न कार्यालयका प्रमुख, कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादनमा सबै भन्दा बढी अंक प्राप्त गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र स्थानिय तहका खवरहरु लाई प्राथमिकतामा राख्दै आएका पत्रकार संजय मिश्र लाइ सम्मान गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु