Wednesday, January 22, 2025

फागुन २२ देखि मौलापुरमा मधानी महायज्ञ तथा महोत्सव

पछिल्लाे समाचार


रौतहट, १२ फागुन । पतौरा मा यस बर्षपनि मधानी महायज्ञ आयोजना हुने भएको छ ।
पुरातात्विक महादेव मन्दीरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउने उदेश्यले यसबर्ष पनि मधानी महायज्ञ २०८० को आयोजना गर्न लागिएको हो ।
मौलापुर नगरपालिकाद्वारा पतौरा पुरातात्विक महादेव मन्दीरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मेयर रीनाकुमारी साहले पतौरा पुरातात्विक महादेव मन्दीरलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यबाट २०७५ साल देखि लाग्ने गरेको मधानी महोत्सव लाइ निरन्तरता दिई आयोजना हुन गईरहेको बताइन् ।
मौलापुर नगरपालिका ५ स्थित पतौरामा हजारौं बर्ष पुरानो पुरातात्विक महादेव मन्दीर प्रचार गर्न महोत्सवको आयोजना गर्न लागेको मेयर साहको भनाइ छ ।
भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाइने अनुष्ठान मधानी रहेको चर्चा गर्दै भगवान शिवको बरीयात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पुजन सहित शुभारम्भ हुने यस महायज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उनले बताइन् ।
महायज्ञलाई रौनक बढाउन बलिउड कलाकार गोविन्दा ,अहुजा, निलम गिरी, विनय विहारीको साथै नेपाली कलाकार पल साह, दिनेश डिसी, कमल राई, प्रेम परियार, रचना सिवाकोटी, अर्जुन विसी, प्रिति आर्या, सुनिल पंडित, विजय यादव निर्जिव, राविराज साह, सदाम हुसेन, दिेपश शर्मा, आश्विनी शाही, डा. आभास लाभ, प्रदीप पाठक, निर्देशक नन्दु श्रीवास्तव, रोशनी राज, कनक सिंह, रेविका अधिकारी, दिपलाल यादव, नवीन सिंह, राजु राग्नी, शीशाखा तिमल्सिना, चन्दन पटेल, कपिल भाई र रेबिका लगाएत नेपाली कलाकारहरु को प्रस्तुत रहने छ ।
यहि २२ गते बाट सुरु हुने यज्ञ फागुन २६ गते समापन हुने छ । फतेपुरको नाँच २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन २३ र २४ गते, मधानी साँस्कृतिक समारोह २५ तथा अन्तरराष्ट्रिय दंगल प्रतियोगितामा भारतको स्वर्णपदक विजेता बबिता फोगाडले दंगलमा सहभागी हुने र उक्त अवसरमा लाग्ने मेलामा कुनैपनि व्यापारी एवं खेलतमासाबाट कर नलिने समेत मेयर साहले बताएकी छिन ।
पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्रप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, कार्यपालिका सदस्य एवं प्रवक्ता चन्देश्वर बैठा, विधायक प्रत्यासी मनोज यादव लगायत जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु