Wednesday, January 22, 2025

जिल्ला अध्यक्षका चारै जना आकाक्षीबाट मत माग्न शुरु

पछिल्लाे समाचार


रौतहट, २३ माघ । नेकपा (एमाले) रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै गएको छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने चर्चा बढेसँगै अध्यक्षका आकाक्षी उम्मेदवारहरू को चर्चा शुरु भएको छ ।
अध्यक्षको आकाक्षी उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको चर्चा छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द साहले अध्यक्ष पदमा उम्मेदवारी दिने आँकलन गरिएको छ।
युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उप सचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन ।
संविधान सभा सदस्य तथा एमालेका नेता बवन सिंहले पनि अध्यक्षमा उम्मेदवारी रहने बताएका छन ।
नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशन मा अध्यक्षका आकंक्षी चार जना छन ।
करिव ४ सय मतदाता रहेको नेकपा एमालेको दशौ जिल्ला अधिवेशनको निणांयक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सय मत मध्ये करिव २ सय मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले अध्यक्षको हुने भन्ने निर्णय हुने एक नेताले बताए ।
सर्वसम्मत नहुने अनुमान गरेका उम्मेदवारहरूले प्रतिनिधिहरूसँग मत माग्न थालेका छन ।
अध्यक्षका दावेदारहरू प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु