Wednesday, January 22, 2025

गुजरामा १३ गतेदेखि १७ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप लगाइने

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १० माघ । गुजरा नगरपालिका भित्र फागुन  १३ गतेदेखि १७ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
आज गुजरा नगरपालिकाको सभाहलमा  आयोजित नगर स्तरीय खोप समन्वय समिति एवं संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक बिजयवावु चौधरीले नगरका ९ वटै वडामा फागुन १३ देखि १७ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप कार्यक्रम चल्ने जानकारी दिए । उनले गुजरामा १७ हजार  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको   बताए ।
उनले कक्षा १ देखी  कक्षा १० सम्म पढ्ने १५ बर्ष मुनिका विद्यार्थीलाई खोप लगाइने जनाए ।
स्वास्थ्य संयोजक चौधरीका अनुसार १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनी खोप पर्याप्त रहेकोले जती बालबालिका रहेपनि सवैलाई खोप लगाईने छ ।
चौधरीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा पुगेर र खोप केन्द्रमा बसेर ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउने छन् । खोप कार्यक्रमबारे स्वास्थ्य शाखा प्रमुख चौधरी र रंगपुर स्वास्थ्य चौकीका प्रमुख  सैफुल्लाह देवानले   प्रष्ट पारे ।
अन्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै मा.वी मैढाका प्राधानाध्यापक   राम अयोध्या चौधरी लगायतले सबै मिलेर खोप कार्यक्रम सफल पार्नुपर्ने बताए ।
अभिमुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक,स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी तथा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु