Thursday, January 23, 2025

गठबन्धन सरकारका कारण देशको अवस्था बिग्रदो :एमाले महासचिव पोखरेल

पछिल्लाे समाचार

रौतहट,१८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश र संघ सरकारमा गठबन्धन भएसँगै देशको अवस्था नाजुक भएको बताएका छन ।
रौतहटको गौरमा बिहिवार नेकपा एमाले रौतहटले गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
गठबन्धन सरकारकै कारण आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने र राष्ट्र बैंकले नोट निष्क्रिय बनाउने अवस्था आएको नेता पोखरेलको दावी छ ।


नेकपा एमाले को नेतृत्ववमा बनेको सरकारले ल्याएका ठूला योजनालाई अहिलेको गठबन्धन सरकारले अवरोध पुर्याउने काम गरेको आरोप लगाएका छन्।
महासचिव पोखरेले भेलालाई सम्बोधन गर्दै संघ सरकार र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकास गर्नुभन्दा आफ्नै विकास गर्न तल्लिन रहेको आरोप लगाए ।
सरकार गठन भएको एक वर्षमा १४ हजार युवालाई विदेश पठाएर सत्तागठबन्धनले आफ्नो नालायकीपन प्रस्तुत गरेको महासचिव पोखरेलको आरोप छ ।
मधेशका मसिहा बताउनेहरूका कारण मधेशको बिकाश हुन नसकेको बताउँदै महासचिव पोखरेलले नेकपा एमालेकै समयमा हुलाकी राजमार्ग, सदरमुकाम जोड्ने राजमार्ग, सिचाइ को काम भएको दाबी गरे।
महासचिव पोखरेलले मधेश र मधेशी जनताहरुको हक हितमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेका दावी गरेका छन ।
महासचिव पोखरेलले भने “जसपा, लोसपा, जनमत पार्टीहरुले मधेशका जनताहरुको मसिहा हौं भनेर दाबी गर्दछन् तर नेपालका राष्ट्रिय पार्टी मधेशी जनताको पार्टी होइनन रे भन्दा आश्चर्य लाग्छ “|


महासचिव पोखरेलले १५ बर्ष सम्म पार्टीकाे नेतृत्व गरेका माधव नेपालले दुई तिहाईको सरकारलाई ढालेर काँग्रेसको पोल्टामा हालेर समर्पित भएको व्यक्ति कम्युनिष्ट हुन नसक्ने धारणा राखे ।
मिसन ८४ को लागि तराई मधेशका जिल्लाका जनताहरुको भावनालाई संग्रह गर्दै चाँडै हुलाकी राजमार्ग भएर एमालेको अभियान संचालन हुने उनले जानकारी दिए ।


जिल्ला परिषद बैठक जिल्ला संयोजक सच्चिदानन्द साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिटब्यूरो , पुरुषोतम पौडेल , ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, उद्दव रेग्मी, रेखा झा लगाएतका एमालेका प्रदेश अध्यक्ष लगायत प्रदेश तथा, जिल्ला स्तरिय नेताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु