Wednesday, January 22, 2025

शितलहर पिडित लाई कपडा र खाध्यान्न सहयोग

पछिल्लाे समाचार


रौतहट १३ माघ । माण्डवी संस्था को अगुवाई र एफ सी डी ओ / स्टार्ट फण्ड नेपाल/ को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीतलहर पिडितहरुलाइ कपडा तथा खाध्यान्न सहयोग गरिएको छ ।
परियोजना अन्तर्गत शितलहर बाट प्रभावित परिवारहरुलाई माण्डवी सँस्थाले राहत वितरण शुरु गरेको छ ।
रौतहट जिल्लाका गौर , परोहा तथा ईशनाथ नगरपालिका र सर्लाही जिल्लाकाे धनकौल गाँउपालिका को शीतलहर पिडित करीव ५ सय जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको माण्डवी सँस्थाको अध्यक्ष अन्जु झाले जानकारी दिएकी छिन ।
परोहा नगरपालिका १ मा ३१ जना घरपरिवारबाट राहत वितरण गरिएको छ ।
शीललहर राहत कार्यक्रम अन्तर्गत २ चरणमा राहत वितरण हुनेछ । पहिलो चरणमा करिव आठ हजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा ६ हजार ५ सय बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिएका छन ।
राहत सामाग्रीहरुमा ज्याकेट, ऊनीका सुईटर, ऊनीका मोजा, थर्मस( तातो पानी राख्ने,१ लिटर) , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी,को पिफम (साढ् ६ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु वितरण हुने माण्डवीका कार्यक्रम सँयोजक मुनिलाल बैठाले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु