रौतहट २९ पुस । बन्यजन्तुले सहजै पानी पिउन भन्ने उदेश्ययले बनभित्र निर्माण गरिएको पोखरीहरु अलपत्र परेका छन ।
रौतहट को करिव एकदर्जन पोखरी अहिले सुकेका छन ।
डिभिजन बन कार्यालयले सिमसार व्यबस्थापन कार्यक्रम अन्तर्गत रौतहटको बन क्षेत्रमा आर्थिक अर्ष २०७६/०७७ मा ६ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ५ बटा गरी ११ बटा पोखरी निर्माण गरेको थियो
डिभिजन वन कार्यालय रौतहटको बागमती सामुदायिक वन उपभोक्त समुह चन्द्रपुर १ को बनक्षेत्रमा १ वटा, नमुना सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर २ को बन क्षेत्रमा २ वटा, खोरकटी सामुमदायिक वन क्षेत्रमा १ वटा पोखरी खनिएको थियो ।
धन्सार बन क्षेत्रमा १ वटा, रगपुर साझेदारी वन समितिमा ४ वटा र जंगलसहिया साझेदारी वन क्षेत्रमा २ वटा गरी ११ वटा पोखरी खनिएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
बिगत २ बर्ष देखी पोखरी मर्मत र संरक्षण नभएको केही बन कर्मचारीहरु बताउछन ।
कृतिम पोखरीमा पानी छैन। बनजंगलमा पानी खान नपाएपछि, बन्यजन्तुहरु बस्ति छिर्न थालेका छन ।
चन्द्रपुर नगरपालिका वडा न ३ गैडाटार, भोलनटार, वडा नं २ को जुडिबेला, पोराई, फुलवारी, वडा न.१ को पोराइ बहमस्थान क्षेत्र, वडा न ५ को राजपेडा, वाड नं ४ को जगलटोल, वाड न ६ को डाबरीटोल लगायतका टोलमा बन्यजन्तु ले दुख दिन थालेका छन ।
पिउने पानी र आहारा को लागी बन्यजन्तुहरु बस्ति छेउका खोला तथा गाउमा छिर्ने गरेको डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र मिश्रले बताएका छन ।
पोखरी सुधार गर्न बजेट नआएको कारण पोखरी अलपत्र परेको उनको भनाई छ ।
बदेल, खरायो, हरिण जस्ता बन्यजन्तु को चोरी शिकारी नियन्त्रणको लागी ठाउ ठाउमा सुराकी राखेको र गस्ती नियमित गरेको डिएफओ मिश्रले जानकारी दिएका छन ।
गत असोज २५ गते बन्यजन्तु चोरी शिकारी गरेको आरोपमा चन्द्रपुर. २ का दिनेश धामी र सिकेन्द्र धामीलाइ मुद्दा चलाएको डिभिजन वन कार्यालय प्रशासन शाखा प्रमुख रिकी जयसवालले जानकारी दिइन।
उनीहरुले खरायो शिकार गरेको आरोपमा बनगस्तीले पक्राउ गरेको थियो ।