Thursday, January 23, 2025

रौतहटमा “समुदायमा कांग्रेस ” कार्यक्रम शुरु

पछिल्लाे समाचार


रौतहटं, १५ माघ । “ समुदायमा कांग्रेस” अभियान नेपाली काँग्रेसले औपचारिक रुपमा रौतहटमा शुरु गरेको छ ।
गौर स्थित जिल्ला पार्टी कार्यालयमा सोमवार आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली काँग्रेस भोली देखि रौतहटको १ सय ५७ वटै वडामा जिल्लाको नेतृत्वमा रहेका नेताहरु पुग्ने बताएका छन ।
नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरु संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्न छलफल चलाउने उनले बताए ।
वडामा रहेका नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, वडा कार्यालयबाट दिने सेवा एवं सुविधाहरुको सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारको सेवा सुविधाहरु को बारेमा छलफल चलाउने उदेश्यले ‘समुदायमा कांग्रेस’ कार्यक्रम संचालन गरेको कार्यक्रममा बताईएको छ ।
नेपाली काँग्रेस जिल्ला सभापति एवं प्रदेश संसद सुनिल यादवको सभापतित्वमा सम्पन्न जिल्ला स्तरिय कार्यक्रममा जिल्ला सचिव रामचन्द्र गिरीले स्वागत मन्तव्य राखेका छन ।
कार्यक्रममा जिल्लाका उपाध्यक्षद्वय धिरेन्द्र सिंह र रामलोचन जयसवाल, क्षेत्रिय सभापतिहरु श्रीराम यादव, रामस्नेही यादव र सरफलाल गुप्ता, नेताहरु सुर्य बहादुर थापा, मेयरहरु श्याम प्रसाद यादव, बैजु यादव, शेख वकिल, युवा नेता मिथिलेश मिश्र, तरण दलका जिल्ला अध्यक्ष सोभित सिलवाल, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु, हृदयनारायण यादव, रामनारायण यादव, मोहन यादव, किसान संघका प्रदेश अध्यक्ष सन्तलाल साह, विन्दा साहनी, महिला प्रतिनिधिहरु लगायतका विभिन्न जनवर्गिय संघ संगठनका प्रमुख एवं सदस्यहरुको उपस्थिति रहेको नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयका सचिव दिपेन्द्र सिंहले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु