रौतहट १ माघ । बनमा मानिस र बन्यजन्तु बिच पछिल्लो बर्षहरुमा द्वन्द्व बढ्न थालेको छ ।
बन क्षेत्र मा मानिसको चहलपहल र बन्यजन्तुको बांसस्थान नासिदै जांदा द्वन्द्व बढेको बन संरक्षणमा लागेका हरुको अनुभव छ ।
पछिल्ला दिनहरुमा रौतहटको बनमा बाँघ, हात्तीको आक्रमण बाट ज्यान जाने र घाइते हुनेहरुको संख्या बढेको छ ।
गत कार्तिक ४ गते हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका ५ राजपेडा की ५० बर्षिय मनिया देबीको ज्यान गएको थियो। हात्तीको आक्रमण बाट सोही गाउकी अर्धानया कुमारी र पात्तबती देबी घाइते भएका थिए ।
गएको चैत्र ६ गते चन्द्रपुर नगरपालिका ४ की अन्दजी ४५ बर्षिय मिना मगरको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
दाउरा खोज्न गएकी मिना मगरको घटनास्थलमे ज्यान गएको थियो।
केहिबर्ष अघि रंगपुर साझेदारी वन क्षेत्रमा पर्ने तुरतुरे धारा भन्ने बनमा घाँस लिन गएका चन्द्रपुर नगरपालिका ६ का २७ बर्षिय संगम भण्डारीको बाँघको आक्रमणबाट ज्यान गएको थियो । भण्डारी हराएको भोलि पल्ट शरिरको कम्मर भन्दा मुनीको भाग बाघले खाएको अबस्थामा शव फेला परेको थियो।
गएको बुधवार राति हात्तीले चन्द्रपुर नगरपालिका ३ गैडाटारमा क्षति गरेको छ । राती आएको २ वटा हात्तीले स्थानिय जगते राइको घरमा रहेको दुइ भकारी धान नष्ट गरेको छ भने १२ कठ्ठा जमिनमा लगाइएको केरावाली समेत नष्ट गरेको छ ।
पछिल्लो समय हात्ती, वदेल, हरिण,निलगाइ ले बालि नष्ट गर्न थालेपछि किसानहरुले क्षेतीपुर्ती र बन्यजन्तु नियन्त्रणको माग गर्दै आएका छन ।