रौतहट २१ पुस । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखा को आजीवन सदस्यहरूको अन्तरक्रिया तथा ३४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रममा नगरपालिकाले रेडक्रस सग सहकार्य गरेर बिपद को बेलामा विभिन्न सेवामुखी कामहरु गरेको स्मरण गर्दै आएको र आउने दिनमा पनि निरन्तर सहकार्य हुने चन्द्रपुरका मेयर संजय काफ्लेले बताएका छन ।
नपाले चन्द्रपुरमा ब्लड बैक स्थापना गर्न १० लाख बिनियोजन गरेको समेत मेयर काफ्ले ले जानकारी दिए ।
उपशाखा अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उपशाखामा आर्थीक अभाव ले समस्या हुँदै आएको अध्यक्ष अधिकारीले बताएका छन ।
रेडक्रस का केन्द्रिय सदस्य सपूत बहादुर कार्की ले देशका अन्य शाखा , उपशाखाहरुको अनुभव र काम लाई हेरेर चन्द्रपुर उपशाखा अगाडि बढ्नु पर्ने धारणा राखेका छन ।
रेडक्रसमा केही बर्ष अघि देखि समस्याहरु रहेको र ती समस्याहरु लाई पार लगाउदै रेडक्रस अगाडि बढेको समेत केन्द्रीय सदस्य कार्कीले बताएका छन ।
कार्यक्रममा मेयर संजय काफ्ले , उपशाखा अध्यक्ष श्रीकृष्ण अधिकारी , रेडक्रस रौतहट का सभापती राज किशोर यादव , शाखाका मन्त्री धर्मेन्द्र कुमार सिंह,चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरी कोइराला, अधिकारकर्मी तथा महिला नेतृ देवकी नेपाल ,पुर्व प्रअ जगत नारायण कुवर, संचारकर्मीहरु , रेडक्रसकर्मीहरु को उपस्थिती रहेको छ ।
जहाँ दुःख, त्यहाँ रेडक्रस भन्ने अभियान नेपाल रेडक्रस सोसाइटीले संचालन गरीरहेको छ ।