रौतहट ६ माघ ।नेपाल रेडक्रस सोसाईटी उपशाखा गौर–२, महादेवपट्टीको १८ औ साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सधारण सभा उपशाखाका सभापति विजय किशोर झाको अध्यक्षता र प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादव, अतिथहरु उपशाखा र जिल्ला शाखाको उपसभापति निलु झा, मन्त्री धर्मेन्द्र प्रसाद सिंह, गौर नगरपालिका वडा नं.२ का अध्यक्ष विनोद चौधरी, पूर्व वडा अध्यक्ष रामजी राय यादव, राकेश कुमार झा, पूर्व कर्मचारी राजेन्द्र पासवान, पूर्व शिक्षक रामचन्द्र प्रसाद साह, पूर्व रेडक्रस कर्मचारी हेमन्त राय यादव, नेपाल पत्रकार महासघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा, आजीवन सदस्य एवं पत्रकार वीना राउत, राम पुकार राउत लगाएतको उपस्थिति रहेको थियो ।
सो साधारण सभामा आ.व.२०७९/०८० र २०८०/०८१ का लागि वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम जिल्ला शाखाका सदस्य एवं उपशाखाका सचिव रामएकवाल साहले प्रतिवेदन प्रस्तुत गरेका छन ।
आ.व.२०७९/०८० र २०८०/०८१ का आर्थिक प्रतिवेदन उपशाखाका सदस्य लालबाबु झाले ३५ हजार २ सय ८० रुपियाको आय व्यय प्रस्तुत गरेका छन ।
सभामा जिल्ला शाखाका सभापति राजकिशोर यादवले विगतको रेडक्रस र अहिलेका रेडक्रसमा काम गर्ने परिवर्तन आएको बताए ।
सभामा मन्त्री धमेन्द्र प्रसाद सिंहले मासिक बैठक आजीवन सदस्य बढाउनेमा जोड दिएका छन ।
सो कार्यक्रम को संचालन जिल्ला शाखाका सदस्य एवं बल्ड बैंकका संयोजक संजय कुमार यादवले गरेका छन ।