Wednesday, January 22, 2025

माघ ८ गते रौतहटको आधा दर्जन बढी पालिकामा माछामासु, मदिरा प्रतिबन्ध

पछिल्लाे समाचार


रौतहट ६ माघ । भगवान श्री रामको प्राण प्रतिष्ठा हुने दिन आउदो सोमवार रौतहट जिल्लाका केही स्थानिय तहले माछामासु र मदिराको विक्री वितरण बन्द गर्न सुचना जारी गरेका छन ।
केही पालिकाले अयोध्यामा २२ जनवरी (८ माघ) सोमवारका दिन भगवान रामको प्राण प्रतिष्ठा गरिने भएको हुँदा सनातन हिन्दु धर्माबलम्बीहरुले उक्त दिनलाई भव्य रुपमा मनाउनका लागी माछामासु र मदिराको विक्री वितरण एक दिनको लागि रोक लगाउने निर्णय गरेका छन ।
गौर, इशनाथ, कटहरिया, राजदेवी, बौधीमाई, गढीमाई नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको प्रशासकीय अधिकृतहरुले पत्र सार्वजनिक गर्दै आउदो सोमवार साकाहारी रहेर भगवान राम प्रति समर्पित हुन आग्रह गरिएका हुन् ।
पत्रमा माघ ८ गते कुनै किसिमको बध नगर्न, माछामासुको साथै मदिराको विक्री वितरण एक दिनको लागि पूर्ण रुपमा रोक लगाइएको प्रकाशित पत्रमा उल्लेख छ ।
गौर नपा ५ स्थित रामजानकी मन्दीरमा भगवान रामको प्राण प्रतिष्ठा हुन लागेको हुँदा सो दिन १२.३५ बजेको समयमा भक्तजनहरु उपस्थित हुन आयोजक समितिले आग्रह गरेकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु