रौतहट, १५ माघ । रौतहट जिल्लाको विभिन्न नाकाहरु बाट अबैध रुपमा भारतबाट भित्राएको समान बरामद भएका छन ।
चोरी पैठारी गरेर भित्रयाइएको ५ लाख ३४ हजार मूल्य बराबरको मालसामानहरु बरामद गरिएकाे छ ।
यहि १० देखि १४ गते सम्म सीमापारी भारतबाट चोरी पैठारी गरेर राजस्व छलेर भित्रयाइएको मालसामानहरु बरामद गरी आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएका जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एलिजा गिरीले जानकारी दिएका हुन् ।
चार थान भारतीय नम्वरका मोटरसाइकल अन्दाजी मूल्य चार लाख र किरानाका सामान, लत्ताकपडा र मोवाइल गरेर १ लाख ३४ हजार ९ सय ५० गरी पाँच लाख ३४ हजार ९ सय ५० मूल्य बराबरको भन्सार छलीका सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको डिएसपी गिरीले जानकारी दिएकी छिन ।