रौतहट ०८,माघ । भारतको उत्तर प्रदेश स्थित अयोध्यामा आज भएको राम मन्दिर गर्भ गृह प्रवेश तथा प्राण प्रतिष्ठाको हर्षोहोलासको साथमा आज चन्द्रपुरमा पनि धार्मिक र्याली तथा रथ यात्रा निकालिएको छ । बिश्व हिन्दु महासंघ,श्री दुर्गा पूजा समिति,छ्ठ पूजा समितीको संयुक्त आयोजना तथा श्री कृष्ण प्रणामी धर्म सम्प्रदाय, ऊ शान्ति,जय गुरुदेव, आत्माज्ञान प्रचार संघ,निम्मार्ण सम्प्रदाय, पतंजली, जिवन बिज्ञान लगायतको सकृयतामा धार्मिक र्याली तथा रथ यात्रा निकालिएको हो । आज (सोमवार) बिहान शेर बहादुर दर्लामी फुटबल मैदान स्थीत राम जानकी मन्दिरका प्राङ्गणमा भेला भई १२:५० मा विशेष पुजा अर्चना गरिएको थियो । पुजा अर्चना पश्चाद विशेष राम जानकी रथ यात्रा तथा झांकीको आयोजना श्री राम जानकी मन्दिर हुदै ठोकर टोल,जनज्योती बिद्यालय,दुर्गा मन्दिर,हनुमान मन्दिर हुदै चान्दी पुल पुगी परिक्रमा गरि सम्पन्न गरिएको थियो । साथै चन्द्रनिगाहपुरमा ” जय श्री राम, जय जय श्री राम” को झण्डा झुण्डयाई जय श्री रामको नाम गुन्जमान बनेको थियो ।
परिक्रमा पश्चात सांझ चन्द्रपुर मेनचौकको तिनकुने पार्कमा दिप प्रज्वलन गरिएको बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य रामशरण गौतमले जानकारी दिए ।