रौतहट, ४ माघ । बालविवाह लाई निरुत्साहीत गर्न किशोरकिशोरीलाई सशक्त बनाउने उद्देश्यले “पालिका स्तरिय सरोकारबालाहरु संग समन्वय बैठक को आयोजना भएको छ ।
गौर नगरपालिकाका मेयर शम्भु साहको सभापतित्वमा भएको बैठकमा सरोकारवाला , नगरपालिकाको महिला बालबालिका फाँटका कर्मचारी, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु को सहभागितामा समन्वय बैठक सम्पन्न भएको हो ।
युनिसेफको आर्थिक सहयोगमा सोडेक नेपालद्वारा आयोजित उक्त कार्यक्रममा कार्यक्रम संयोजक सरस्वती खरेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिइन् ।मधेश प्रदेशको ६२ वटा स्थानीय तहमा संचालनमा रहेको कार्यक्रम रौतहटको गौर, परोहा, राजदेवी र चन्द्रपुरमा कार्यक्रम संचालनमा छ ।
कार्यक्रम संयोजक खरेलले ६ महिना भित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको बताइन् ।
६ नोभेम्बर २०२३ बाट सुरु भएको कार्यक्रम ५ जुन २०२४ मा सकिने छ ।