Wednesday, January 22, 2025

दुइ सय ७ जनामा मोतिबिन्दु, निशुल्क शल्यकृया गरीने

पछिल्लाे समाचार


रौतहट, १३ माघ । गौर नगरपालिकाको सिर्सियामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निशुल्क आँखा शिविरको आयोजना भएको छ ।
गौर नगरपालिका वडा नम्वर ९ सिर्सिया टोलमा निशुल्क आँखा शिविर को आयोजना गरिएको हो ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा, स्थानीय आयोजकमा स्वर्गिय आमाबुवा मदनमोहन श्रीवास्तव र स्व. कृष्ण देवीको स्मृतिमा विजयकुमार श्रीवास्ताव र अजयकुमार श्रीवास्तवले शिविर आयोजना गरेको थिए ।
आँखा शिविरमा आँखाको परिक्षण गर्नुका साथै औषधी, चश्मा बितरण गरिएको छ । मोतिबिन्दु भएका विरामीहरुलाई निशुल्क रुपमा गौर आँखा अस्पताल पुरेनवा गौरमा शल्यक्रिया गर्ने व्यवस्थापन मिलाइएको शिविर संचालन समितिका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिएका छन।
आँखा शिविरमा २ सय ३६ जना पुरुष र २ सय २४ जना महिला गरी ४ सय ६० जनाले आँखाको परिक्षण गराएका छन।
परिक्षण गराएका २ सय ७ जनामा मोतिविन्दुको रोग भएको ले शल्यकृया गरीने कार्यक्रम संयोजक पाण्डेले बताएका छन ।
१ सय ७६ जनालाई औषधी र १ सय ३ जनालाई निशुल्क रुपमा चश्मा वितरण गरिएको उनले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु