रौतहट २६ पुस ।गौरको राइसमिलमा जारी जिपीएल प्रतियोगिताको फाइनलमा दुई टिम प्रवेश गरेका छन ।
गौरीशंकर यादव फाउण्डेशनले आयोजना गरेको जिपीएलको पहिलो संस्करणमा आज बिहान भएको पहिलो खेलमा क्रान्तीद्धार ११ ले सिसवा ११ लाई १ सय रनले पराजित गरेको थियो भने दिउसो भएको दोश्रो खेलमा सोवर्णामाइ ११ ले बानेश्वर ११ लाई पराजित गरेको थियो ।
पुस १७ गते देखी गौरको राइसमिलमा शुरु भएको प्रतियोगितामा ९ वटा वडाका टिमहरुको सहभागीता रहेको थियो ।
लिग चरणका सम्पूर्ण खेलहरु आज समाप्त भएपछि आज सेमिफाइनलका २ खेलहरु सम्पन्न भएको गौरीशंकर यादव फाउण्डेशनका अध्यक्ष मोहन यादवले जानकारी दिएका छन ।
लिग चरणबाट शिवगंगा, दरबार, सिर्सिया, बरहवा र सबगढा समेत ५ टिम प्रतियोगिताबाट बाहिरिएका थिए भने सेमिफाइनलबाट सिसवा र बानेश्वर पनि बाहिरिएका छन । प्रतियोगिताको फाइनल खेल २८ गते शनिवार हुने फाउण्डेशनका अध्यक्ष यादवले बताए ।