रौतहट २० पुस ।चन्द्रपुर उद्योग बाणिज्य संघको समन्वय र गुणस्तर तथा नापतौल कार्यालय विरगंजको आयोजनामा उपकरण दर्ता ,नबिकरण शिबिर संचालन भएको छ ।
पुस १८ गते देखि २४ गते सम्म एक साता नापतौल उपकरणहरुको प्रमाण पत्र दर्ता तथा नवीकरण शिविर सञ्चालन भइरहेको छ ।
व्यवसायी हरुले आफ्नो उपकरण हरु चेक जाँच गराई दर्ता तथा नवीकरण गराइ लाभ लिन चन्द्रपुर उद्योग बाणिज्य संघका महासचिव जनक भारतीले आग्रर गरेका छन ।
१८ बालचनपुर सम्पन्न भैसकेको र पुस १९ देखि २२ गते सम्म चन्द्रपुर नगर उद्योग बाणिज्य संघको कार्यालय मा ,पुस २३ गते सन्तपुर चोक, पुस २४ गते बागमती चोक मा शिविर संचालन हुने चन्द्रपुर नगर उद्योग बाणिज्य संघ ले जनाएको छ ।