Wednesday, January 22, 2025

चन्द्रपुर ६ मा एैलानी जग्गाको नाप नक्साको निस्सा बितरण हुदै

पछिल्लाे समाचार


रौतहट ६ माघ । नाप नक्साको निस्सा प्रमाण वितरण हुने भएकाले चन्द्रपुर ६ नम्वर बडामा सम्पर्क गर्न सुचित गरिएको छ ।
राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित, भुमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनाको लागी मिति २०७९ पुस २४गते देखि चैत ३०गते सम्म नाप नक्सा भईसकेको जग्गाको हकमा वडा मार्फत निवेदन दर्ता भई नाप नक्साको निस्सा वितरण हुने भएकोले सम्वन्धित जग्गा धनिले कागजात लिई माघ १० गते देखि १५ दिन भित्र वडा कार्यालयमा अनिवार्य उपस्थित भई निस्सा प्रमाण लिन वडा कार्यालयले सुचना जारी गरेको छ ।
अस्थायी कित्ता नम्वर, सक्कल नागरिकता र हकभोगको प्रमाण सहित माघ ११ र १२ माझी टोल ,१४ र १५ वेल्डि टोल १६ र १७ गैरी टोल र चिम्नि टोल,१८ र १९ डावरी र हातेमालो टोल, २१ र २२ राई टोल र मोथियाही टोल, २३ गते शान्ती नगर टोल र माघ २४ र २५ छुटेका सवै लाई निस्सा बितरण हुने वडा अध्यक्ष सहदेब के.सी.ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु