रौतहट १९ पुस । सडक मै फलफुल पसल राख्दा चन्द्रपुर चौकमा दुर्घटनाको जोखिम बढेको छ ।
चोक का फलफूल पसल, इरिक्सा , म्याजिक भ्यान स्टेन्ड हुदा थप भिडभाड हुँदै आएको छ ।
नेपाल बैक अगाडि निर्माणाधिन सडकमै फलफूलको पसल राखिएको छ । एकातिर सडक निर्माण अर्को तिर यात्रुको भिडभाड हुने ठाउमै ठेलामा फलफुल पसल राख्दा दुर्घटनाको जोखिम बढेको केही ब्यापारीहरुको भनाइ छ ।
यता मुख्य चौकको सडकको उतर तर्फ आधा दर्जन बढी फलफुल पसल कालोपत्रे मै टासेर राखीएको छ ।
सडकमै पसल राख्दा पैदल यात्रू लाई समस्या हुँदै आएको गुनासो छ ।
चन्द्रपुर नगरपालिका र सरोकार राख्ने निकायहरुले ती सडकमा व्यापार गर्ने ब्यापारीहरु लाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण मिलाउनु पर्ने माग उठेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले सडक मै ठेला पसल राख्ने हरुलाइ सम्भाबित दुर्घटनाका बारेमा सचेत गराउनु पर्ने आवस्कता देखिएको छ ।