रौतहट २२ पुस । निर्माणाधिन घरको भुक्तानीको माग गर्दै दलितहरुले गौरमा प्रदर्शन गरेका छन ।
आफ्नो निर्माणाधीन घरको भुक्तानीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा उनीहरुले प्रदर्शन गरेका छन् ।
गौर स्थित प्राविधिक कार्यालय घेराउ गर्दै उनीहरुले मधेस सरकारका बिरुद्धमा नाराबाजी गरेका छन् ।
दलितको निर्माणाधीन घरको काम रोकिएपछि मधेस सरकार विरुद्ध प्रदर्शन गरेका हुन ।
रौतहटको मौलापुरमा दलितहरुको निर्माणाधिन घरको भुक्तानी नपाएको र कतिपय निर्माणाधीन घरको काम पनि रोकिएकाले उनीहरु आन्दोलित भएकाे बताइएको छ । मधेश प्रदेश सरकारको योजना जनता आवास कार्यक्रम अन्तर्गत आ.ब. २०७८ मै मौलापुर नगरपालिकामा बनाउन शुरू गरेका घरहरु अझै अधुरै छन ।
घर निर्माण भएको भुक्तानी नपाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले प्रदर्शन सहित प्राविधिक कार्यलय घेराउ गरेकाे आन्दौलनमा आएकाहरुले बताएका छन ।