Wednesday, January 22, 2025

गौर अस्पतालका चिकित्सकहरुले माघ ७ गते देखि सेवा ठप्प पार्ने चेतावनी

पछिल्लाे समाचार


रौतहट, ४ माघ । प्रादेशिक अस्पताल गौरमा कार्यरत चिकित्सकहरुले माघ ७ गते बाट उपचार सेवा ठप्प पार्ने चेतावनी दिएका छन ।
विगत तिन महिना देखि तलव भत्ता लगायत ओभरटाइमको रकम पाउन नसकेको गुनासो गर्दै आउदो ७ गते देखि सेवा अवरुद्ध गर्ने निवेदन मेसु लाई बुझाएका छन ।
गौर अस्पताालमा कार्यरत ११ जना चिकित्सकहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रादेशिक अस्पताल गौरका निमित्त मेसुलाई दिएको निवेदन दिएका हुन ।
चिकित्सकहरुले तलव भत्ता, ओभरटाइम, रात्रिकालिन सेवा वापतका विभिन्न सुविधा वापतको रकमको पाउन नसकेको गुनासो गरेका हुन ।
अस्पताल प्रशासन एवं व्यवस्थापन पक्षबाट लिखित रुपमा निर्णय नआउदा बाध्य भएर आउदो माघ ७ गते देखी कार्यरत चिकित्सकहरु सेवा सुविधा दिन असक्षम रहेका निवेदनमा उल्लेख छ ।
डा. फिरोज, कन्सल्टेन्ट सर्जन, डा. उज्जवल ठाकुर कन्सल्टेन्ट एनेस्थेसिया, डा. विक्रान्त महतो ,कन्सल्टेन्ट अर्थोपेडिक, डा. गोपाल गुप्ता एमडीजिपी, डा. सरिता झा कन्सल्टेन्ट , डा. अनिताकुमारी चौधरी मेडिकल अधिकृत, डा. रन्जन ठाकुर मेडिकल अधिकृत, डा. परसुराम यादव मेडिकल अधिकृत, डा. चन्दनकुमार सहनी मेडिकल अधिकृत, डा. शेखर जयसवाल मेडिकल अधिकृत र डा. नविनसागर यादव सहितको ११ जना चिकित्सकले संयुक्त रुपमा हस्ताक्षर गरेर निमित्त मेडिकल सुप्रिडेन्टलाई निवेदन दिएका छन ।
निवेदनको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय रौतहट, स्वास्थ्य सेवा विभाग टेकु र स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौंलाई पठाएका छन ।
प्रादेशिक अस्पताल गौरमा मेडिकल सुप्रिडेन्ट पदको विवाद उच्च अदालतमा मुद्दा विचाराधिन रहेको ले चिकित्सक लगायत अन्य कर्मचारीहरु तलव, सेवा सुविधा वापतको रकम रोकीएको अस्पतालले जनाएको छ ।
जुनियरलाई मेसु बनाएको भन्दै कामकाज माथि रोक लगाउन उच्च अदालत विरगञ्जमा दिएको रिटको कारण प्रादेशिक अस्पताल गौरमा प्रशासनिक एवं आर्थिक कारोवार पूर्ण रुपमा ठप्प हुँदा गौर अस्पतालको सेवा प्रभाबित हुँदै आएको जानकारहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु