Wednesday, January 22, 2025

कर्कचको स्वास्थ्य चौकी मा बिजुली नहुदा समस्या

पछिल्लाे समाचार


रौतहट १० माघ /देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया टोलमा रहेको स्वास्थ्य चौकी बति नहुदा अन्धकार छ ।
विद्युत चोरी गरि बाल्दै आएको स्वास्थ्य चौकीमा विद्युत प्राविधिकरणले विद्युत चुहावट नियन्त्रण गर्न अनुगमनका क्रममा स्वास्थ्य चौकी ले चोरेर बिजुली बालेको भेटेपछि लाइन काटेको थियो ।
बिधुत कार्यालयले चौकी का प्रमुख डा.जागा रामलाई पक्राउ गरेको थियो ।
वडा अध्यक्ष विष्णु कुमार दासको अगुवाइमा छलफल भएपछि डा.रामलाई विद्युत प्राविधिकरण मौलापुरले छोडेको थियो ।
बिजुली नहुदा दैनिकी कार्यमा बाधा भइरहेको स्वास्थ्य चौकीका कर्मचारीहरु ले गुनासो गर्दै आएका छन ।
कार्यालय प्रमुख डा.रामले विद्युत मिटरका लागि सबै कागजात पूरा गरि राखिएको भएता पनि वडा अध्यक्ष दासले ध्यान न दिएको कारण करिब २ महिनादेखि स्वास्थ्य चौकी बति बिहिन भएको गुनासो गरेका छन ।
अस्पतालको खाता वडा अध्यक्ष दासको नामबाट भएकाे र रकम ननिकालेका कारण समस्या भएको डा.रामले बताए । यस्तै वडा अध्यक्ष दास ले आफु कामले ब्यस्त भएको कारण ढिला भएको र चाडै नै विद्युत मिटर जडान हुने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु