रौतहट १७ माघ / इलाका प्रहरी कार्यालय चन्द्रपुर अन्तरगत पौराइ चौकी मा बसेको सर्वपक्षिय भेलाले पौराइमा राति ९ बजे पछि मदिरा बिक्री बन्द गर्ने निर्णय गरेको छ ।
माघ १४ गते देखि १६ गते सम्म आ-आफ्नो वडा क्षेत्रमा रहेका होटल तथा खाजाघर पसल व्यापार व्यवसाय गर्नेहरू संग अन्तरकृया गरेको छ ।
स्थानिय नागरिक समाजका , जनप्रतिनिधी, होटल तथा खाजाघर पसलका संचालकहरु संगको छलफलमा रातको ९ बजे पश्चात मदिरा बिक्री बन्द गर्नुपर्ने, घरेलु मदिरा उत्पादन तथा बिक्रिवितरण नगर्ने/ नगराउने , जुवातास नखेल्ने /नखेलाउने कुनै पनि गैह्र कानूनी कार्यहरू भए गरेको सुचना प्राप्त भएमा प्रहरीलाई खबर गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने लगायतका बिषयमा छलफल भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।