रौतहट १ माघ । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे केन्द्रिय कार्य समिति को बैठक सम्पन्न भएको छ ।
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे केन्द्रिय कार्य समिति सदस्य राजु महतो काे प्रमुख अतिथ्य र फतुवा विजयपुर नगरपालिका की पुर्व उप मेयर सहिद परिवार कान्ति देवी महतो काे अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
बाँच्नेहरु मालिक र मरेर जानेहरु सालिक भएकाे र अझै कति सालिक पनि बन्न नपाएकाे, शालिक बनाउन छुट्याइएको बजेट हिनामिना भएको उनीहरुको गुनासो छ ।
सहिदहरुको सम्मान गर्दै जनयुद्द र जनआन्दोलनको दौरान सहादत प्राप्त गरेका परिवारलाई सम्मान ,सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे स्थापना भएको बताईएको छ ।
बैठकले ज्ञात अज्ञात सहिदहरु को स्मृतिमा श्रद्दान्जली कार्यक्रम गर्ने, संविधानमा धारा ४२ काे उप धारा (५)मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवास काे बेवास्था गरिएको भयता पनि कार्यन्वयन गराउन का निमित्त काठमाडौं काे माइतीघर बाट आन्दोलन गर्ने, विभिन्न नगरपालिका , गाउँपालिकामा रहेका सहिदका सन्ततिलाई आ आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिएको केन्द्रिय कार्य समिति सदस्य राजु महतोले जनाएका छन ।