रौतहट ६ माघ । रौतहट जिल्ला बचत तथा ऋण सहकारी सघं को साधारण सभा सम्पन्न भएको छ ।
२७ औ वार्षिक साधारण सभा बाट सर्वसहमत रुपमा जिल्ला अध्यक्ष मा बिभु कुमार पोखरेल निर्वाचित भएका छन ।
रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका पोखरेल निर्वाचित भएका हुन ।
शनिबार चन्द्रनिगाहपुरमा संघको २७ औ चुनाबी साधरण सभा सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा सृष्टि साकोसका राम विश्वास पासवान,महासचिबमा नब बिकाश साकोसका देब बहादुर सापकोटा,सचिबमा चन्द्रोदयका बसन्त आचार्य,कोषाध्यक्षमा स्वस्तीक साकोसका नरेन्द्र राना चयन भएका छन ।
यसैगरी सदस्यहरुमा कल्पना दाहाल,पदम प्रसाद पहाडी,दुर्गा देबी दाहाल,लक्ष्मी कुमारी घिमिरे,रामाकान्त प्रसाद,दुर्गा आचार्य,राजेन्द्र राय यादब चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी,सदस्यमा इश्वरी प्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।