Thursday, January 23, 2025

राष्ट्रिय नर्सिङ्ग दिवस गौरमा मनाइयो

पछिल्लाे समाचार


राैतहट,१७ माघ ।राैतहटमा ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।
जिल्ला स्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा संचालित गौर बहुप्राविधिक शिक्षालय गौरमा प्रवीणता प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफ्री कार्यक्रममा अध्ययनरत रहेको छात्रछात्रा नर्सिङ कर्मचारी, स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको कर्मचारीहरुले दिवस मनाएका हुन् ।
जिल्ला सदरमुकाम गाैर स्थित शिक्षालय देखी बरहवा पुल, ट्रान्सर्फमर चौक, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय हुँदै प्रादेशिक अस्पताल गौर रौतहटमा पुगेर एक कार्यक्रम गरि सम्पन्न भएको छ
कार्यक्रमको अध्यक्षता गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पौडेल, प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरको नि. प्रमुख अनुठा राय यादव, विशिष्ठ अतिथी नर्सिङ्ग इन्चर्ज सबिनाज वेगम, गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटको प्रशासकीय अधिकृत मुकेश कुमार साह, नर्सिङ्ग कोर्डिनेटर नितालेखी चौधरी, जगत नारायण सिङ्ग, समीक्षा शाही , शशी भूषण मिश्र लेखापाल उमेश कुमार पण्डित लगायतको उपस्थिति रहेको थियाे ।
६२ औं राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बिरामीहरु लाई फलफूल बितरण गरिएको थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु