रौतहट, ६ माघ । वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा बन्द भएको छ ।
लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको बताएका छन ।
विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरुले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको गुनासो छ ।
बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले सरकारले दिवा खाजा को ब्यवस्था गरेको थियो ।
एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि खाजाको पैसा भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकेको बताएका छन् ।