Wednesday, January 22, 2025

बिपन्न महिलाहरु लाई सिलाइकटाइ तालिम

पछिल्लाे समाचार


रौतहट,२२ पुस । निजी खर्चमा बिपन्न महिलाहरुलाइ ३ महिने सिलाइकटाइ तालिम दिने कार्यक्रमको उद्घाटन भएको छ ।
आइतबार एक कार्यक्रम गरी राजदेबी नगरपालिका वाड नं. ६ राजदेबी टोलमा सो तालिमको एमाले नेता यादबले उद्घाटन गरेका छन ।
स्थानिय दलित,बिपन्न तथा बेरोजगार ८ जना महिलाहरुलाइ सिलाइ कटाइको तालिम दिने यादबले जानकारी दिएका छन ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति ,नेकपा एमालेका केन्द्रिय लेखा आयोगका सदस्य समेत रहेका एमालेका नेता राज किशोर यादबले बिपन्न परिवारको आर्थिक स्तर बृद्धिको लागी यो अभियान शुरु गरेको बताए ।
तालिममा उपयोगहुने मेशिन,प्रशिक्षक खर्च लगायत सम्पुर्ण खर्च आफुले ब्यक्तीगत रुपमा बेर्होने गरी तालिमको आयोजना गरेको यादबले बताएका छन ।
सिलाइकटाइ तालिमको प्रशिक्षक सत्य नारायण यादब र अर्का एकजना गरी २ जना रहेका छन ।
तालिमको उद्दघाटन कार्यक्रममा नेकपा एमाले राजदेबी नगरपालिकाका संयोजक संजय यादब,जिल्ला सदस्य धनपत राय यादब,छेदी राय,मिश्रीलाल राय लगायत रहेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु