Thursday, January 23, 2025

बलेरी वनमा सयौं घनमिटर ढुङ्गा अबैधरुपमा सङ्कलन

पछिल्लाे समाचार


रौतहट १७ पुस । बलेरी वनमा सयौं घनमिटर ढुङ्गा अबैधरुपमा सङ्कलन गरिएको छ ।
वन कर्मचारीकै मिलोमतोमा सर्लाहीका केहि ब्यक्तिहरुको संलग्नतामा रौतहटको वनमा ढुङ्गा सङ्कलन गरी राखिएको गुनासो छ ।
सब वन डिभिजन कार्यालय बलेरी का कर्मचारीको मिलोमतोमा वन क्षेत्रमा सयौं घनमिटर ढुंगा सङ्कलन गरेर भण्डारण भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
बलरी वन क्षेत्र को तोरीबारी जङ्गलभन्दा दक्षिण बागमती बगरमा ढुङ्गा सङ्कलन गरेर राखिएको छ ।
सङ्कलन गरिएको ढुङ्गा वन कर्मचारी को मिलोमतोमा सर्लाहीतिर लैजान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
अबैधरुपमा सङ्कलन गरी राखिएको ढुङ्गा वन कार्या लयले जफत गरी नियमअनुसार लिलाम प्रक्रिया मा जानुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ।
बागमती बगर तथा जङ्गलमा सङ्कलन गरी राखिएको ढुंङ्गा को विषयमा स्थानीय बासिन्दाले सम्बन्धित निकायमा उजुरी दिएको भए पनि वन कार्यालयले सो विषयमा कुनै चासो नदिएको सरोकार वालाहरुको गुनासो छ ।
सब वन डिभिजन कार्यालय का प्रमुख सुरेश महत्तो ले बागमती क्षेत्रमा संकलन गरिएको ढुङ्गा प्रक्रिया नपुर्याई उठाउन नदिने बताउँदै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु