गरुडा,६ माघ । भष्टाचारको आरोप लागेका रौतहटको देवाहि गोनाहिका तत्कालीन मेयर धर्मेन्द्र पटेलले सफाइ पाएका छन ।
विशेष अदालत काठमाण्डौं बाट पटेलले शुक्रवार सफाई पाएका छन् ।
शुक्रवार न्यायाधीश खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको संयुक्त ईजलासले पूर्व मेयर पटेल लाइ भ्रष्टाचार मुद्दा बाट सफाई दिएको हो ।
२०७८ फागुन १५ गते तत्कालीन मेयर पटेलले नगरपालिकाको आफ्नै कार्यकक्ष बाट पक्राउ परेका थिए । उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
देवाहि गोनाहि नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो ।
पुर्व मेयर पटेल निलम्बित भएकै कारण गत स्थानिय निकायको निर्वाचनमा उनी उमेदवारी बाट वञ्चित भएका थिए । पटेलले श्रीमती चुनाव मा उठाएपनि पराजित भएकी थिइन् ।