रौतहट १९ पुस । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले बुधबार राती पिकअप भ्यान सहित सालको काठ बरामद गरेको छ ।
जंगलसहिया सब डिभिजन वन कार्यालय अन्र्तरगतको जंगलबाट सालको काठ बरामद भएको हो ।
डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले काठ,पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल ठाकुरले जानकारी दिएका छन ।
काठ तस्करीमा संलग्न जितपुर सिमरा उपमहानगरपालिका वाड नं.२३का आजम हुसेन र निजगढ नपा ९ सिंगौलका अजय कुमार चौधरी पक्राउ परेको छन ।
प्रदेश २ -०३-००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अबस्थामा अन्दाजी ६० क्युफिट ९ थान गोलिया काठ बरामद गरेको ठाकुरले जानकारी दिएका छन ।