Wednesday, January 22, 2025

चुरेका काँचो खयर तस्करी

पछिल्लाे समाचार


रौतहट १० माघ । चुरे आसपासको बनमा बहुमूल्य जातका खयरका काचा रुख काटिएकाे भेटीएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौंको सख्यामा बहुमूल्य जातका खयरका रुख काटिएको भेटीएको हो ।
डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएकाे हो ।
जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।
चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई पहाड माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट लैजाने गरेको स्थानीयको भनाइ छ ।
रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई धेरै रुख काटिएको बारेमा जानकारी नभएको बताएका छन ।
सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।
रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु