Wednesday, January 22, 2025

चन्द्रपुरमा पनि मनाईयो नवौँ राष्ट्रिय योग दिवस

पछिल्लाे समाचार


रौतहट ०१,माघ । चन्द्रपुरमा सोमबार   नवौँ राष्ट्रिय योग दिवस मनाईएको छ ।  जिवन बिज्ञान,पन्तनजली योग पिठ चन्द्रपुर र प्रादेशिक आयुर्वेदको संयुक्त आयोजनामा चन्द्रपुर- स्थित जनज्योती बिद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग  दिवस मनाईएको हो । चन्द्रपुरका नगरप्रमुख संजय काफ्लेको विशेष उपस्थितिमा जिवन बिज्ञानले योग दिवस मनाएको योग गुरु शैलेस शर्माले जानकारी दिनुभयो । 
नगरप्रमुख काफ्लेले आधुनिक समाजमा योगको महत्त्व बढ्दै गएको बताउँदै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताउनुभयो । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको भन्दै उहाँले सबै व्यक्तिले योग गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँ गाउँमा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले पनि यसलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए  । यस अघि प्रभातफेरि कार्यक्रम आयुर्वेद कार्यलय हुँदै पुर्व पश्चिम राजमार्गको तिनकुने पार्क मन्दिर हुँदै जनज्योति माविको परिसरमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु