रौतहट २८ पुस । गौरमा आयोजित गौरीशंकर यादव प्रिमियर लिग क्रिकेट खेलको पहिलो संस्करणको उपाधि सोबर्नामाई ११ ले जितेको छ ।
शनिवार गौर स्थित राइस मिल्सको मैदानमा भएको फाइनल खेलमा क्रान्तिद्वार ११ लाई ५ विकेटले हराउदै सोबर्नामाई ११ उपाधि जितेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेका क्रान्तिद्वार ११ ले १९.२ ओभरमा अलआउट हुदै ११२ रन बनाएको थियो क्रान्तिद्वार ११ को तर्फ बाट शनि साहले ४१ रन बनाएको थियो भने सोबर्नामाई ११ को तर्फ बाट साहिल सहनीले ३ विकेट लिएको थियो ।
११३ रनको लक्ष्यलाई पछ्याउदै सोबर्नामाई ११ ले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । सोबर्नामाई ११ को तर्फ बाट राहुल सहनी ४० धर्मेन्द्र यादव २५ रन बनाएको थियो ।
गौरीशंकर यादव फाउन्डेसनको सहयोगमा गौरीशंकर प्रिमियर लिग रौतहट जिल्ला किकेट संघले आयोजना गरेको थियो ।
बिजेता टिमलाई नगद १५ हजार ट्रफी र उपविजेता टिमलाई नगद ५ हजार रुपैयाँ पुरस्कार मधेश प्रदेश संसद नागेन्द्र साहले बितरण गरेका छन ।
टुर्नामेन्टको उत्कृष्ट ब्याटिङ्ग अवार्ड बाट सोबर्नामाई ११ को राहुल सहनी सम्मानित भएका छन भने उत्कृष्ट बलर, उत्कृष्ट विकेट किपर, उत्कृष्ट फिल्डर लगाएत लाई सम्मान गरिएको गौरीशंकर यादव फाउन्डेसनका अध्यक्ष मोहन यादवले जानकारी दीएका छन ।