रौतहट, २५ पुस । गौर नगरपालिकाको महादेवपट्टि भएर भारत तर्फ तस्करी गर्न लागेकाे गाईगोरु प्रहरीले भन्सार बुझाएको छ ।
प्रहरी कार्यालय रौतहटले बुधवार दिउसो ४.३० बजेको समयमा गौर नगरपालिका वडा नम्वर २ महादेवपट्टि भएर गाईगोरु र बाछी भारत तर्फ लगिदै गरेको सुचनाको आधारमा पशुचौपाया नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीलाई देखेर गाईगोरु छाडेर ब्यापारी
भारत तर्फ भागेको प्रहरीको भनाइ छ ।
गाई १० वटा, गोरु १ वटा र ६ वटा बाछी गरेर १७ वटा गाईगोरु र बाछीको अनुमानित १ लाख ९६ हजार मुल्यको चौपाया कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन।