रौतहट १५ माघ ।गौर नगरपालिका सिर्सियाका उद्यमी विजयकुमार श्रीवास्तवको सहयोगमा मोतीबिन्दुको बिरामीको उपचार शुरु भएको छ ।
निशुल्क आँखा शिविरमा छनौट भएका २ सय ७ जना मोतिया बिन्दुका विरामहरु मध्ये आइतबार ७६ जनाको गौर आँखा अस्पताल पुरेनवामा शल्यक्रिया भएकाे छ ।
गौर नगरपालिका वडा नम्वर ९ सिर्सियामा शनिवार संचालन भएका आँखा शिविरमा ४ सय ६० जनाले आँखाको परिक्षण गराएका थिए ।
जसमध्ये २ सय ७ जना विरामीको आँखामा मोतियाबिन्दु रोग फेला परेको थियो ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा, स्वर्गिय बुवा मदनमोहन श्रीवास्त र स्व. आमा कृष्ण देवीको स्मृतिमा छोराहरु विजयकुमार श्रीवास्ताव र अजयकुमार श्रीवास्तवले शिबिर आयोजना गरेका थिए ।
शिविरमा छनौट भएका २ सय ७ जना मध्ये ७६ जनाको गौर आँखा अस्पताल पुरेनवामा शल्यक्रिया सम्पन्न भएको र बाकी बिरामीको मंगलवार गरीने शिविरका संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिएका छन ।