Thursday, January 23, 2025

रौतहट प्रहरीको छ महिने प्रगति विवरण सार्वजनिक

पछिल्लाे समाचार


रौतहट, १६ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक बर्षको पुस मसान्त सम्मको प्रगती बिबरण सार्वजनिक गरेको छ ।
भन्सार छली , विभिन्न अपराधिक गतिविधिहरु लगायत जिल्लाको शान्ति सुरक्षाको अवस्था विगत भन्दा सुधारोन्मुख रहेको तथ्याङकले देखाएको छ ।
प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय गौर सहित मातहतका सम्पूर्ण युनिट इन्चार्ज देखि लिएर कार्यरत प्रहरी कर्मचारीलाई दिएको निर्देशन अनुरुप राम्रो काम भएको पाईएको छ ।
फैसला कार्यान्वयन, फरार प्रतिबादीलाई पक्राउ, ज्यान मुद्दा, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि मुद्दा, सवारी ज्यान, लागुऔषध मुद्दा, विद्युतिय कारोवार साइवर अपराध मुद्दा, चोरी डाकाँ मुद्दा, सवारी नियम उलंघन गर्ने विरुद्ध कारवाहीका मुद्दाहरु विगतको बर्ष भन्दा सुधारोन्मुख हुँदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सार्वजनिक भएको साउन देखि पुस मसान्त सम्मको प्रगति विवरणमा उल्लेख गरिएकाे छ ।
मुद्दा चल्ने चार वटै कार्यालयमा रहेका हिरासत कक्षमा पुस्तकालयको व्यवस्थापन, समुदाय साझेदार प्रहरी कार्यक्रम, अल्पसंख्यक संग प्रहरी कार्यक्रम, नागरिक सुनुवाई कार्यक्रम र ट्राफिक सचेतना कार्यहरु पछिल्ला ६ महिनाको अवधीमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन । जिल्लाको विभिन्न स्थानहरुबाट बरामद गरिएका सवारी साधन सहित दुई करोड ९५ लाख ३१ हजार ३ सय ३१ रुपैया मूल्य बराबरको मालसामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको डिएसपी गिरीले बताएकी छिन ।
अदालतबाट फैसला भएका फरार रहेका २ सय ६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पेश गरिदा ४४ बर्ष २ महिना १५ दिन असुली गर्दै १२ लाख ५ हजार ७ सय१२ रुपैया राजस्व असुली गराइएको, ज्यानमा ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको बाँकी ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको मुद्दामा ९ जना मानिसलाई समातेर सम्मानित अदालत समक्ष पेश गरिएको जनाइएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मुद्दा फर्छयौट भईसकेको र दुई वटा मुद्दाको अनुसन्धान जारी रहेको, सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको छ ।
कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएको सवैको फर्छयौट भईसकेको छ । चोरीडाका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको यस मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको छ ।
सबारी नियम उलंघन विरुद्ध १० हजार ७ सय १ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार पाच सय राजस्व असुल गरिएको जानकारी दिदै डिएसपी गिरीले सवारी दुर्घटना संख्या ३ सय १२ वटा भएको जसमा २६ जनाको मृत्यु र ४ सय ५६ यात्रुहरु घाइते भएका छन ।
सवारी साधन राम्ररी चलाउन र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्नुपर्छ भन्दै ९ सय १९ पटक ट्राफिक सचेतना कार्यक्रम गरिदा त्यसमा ३७ हजार ६ जनाको उपस्थिति रहेको थियो ।
यस्तै मुद्दा चलाउने अख्तियारी पाएको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमा रहेका हिरासत कक्षमा रहेका थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन ल्याउनका पुस्तकालयको स्थापना गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु