Wednesday, January 22, 2025

रौतहटको तीनवटा पालिकाको काम प्रभाबित

पछिल्लाे समाचार


रौतहट,२८ पुस । रौतहटको तीन वटा स्थानिय तहमा जनप्रतिनिधिहरुको बिच भागबण्डामा कुरा नमिल्दा तालाबन्दी र आन्दोलन हुँदै आएको छ ।
जिल्लाको गरुडा, कटहरिया तथा फतुवा बिजयपुर नगरपालिकामा केहि जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलित भएपछि सेवाग्राही सेवा बाट बन्चित भएका छन ।
कटहरिया नगरपालिकामा उपप्रमुख रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरुको कोठामा तालाबन्दी गरेका छन् ।
उनीहरुले बिभिन्न ८ बुँदाको माग राख्दै सोमबार देखि वडा नं १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुर, लगायतले तालाबन्दी गरेका छन् ।
कर्मचारीहरुको कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन ।
नगर क्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने नराख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
जिल्लाको गरुडा नगरपालिकामा उप प्रमुख पुनम चौधरीको नेतृत्वमा पालिकाको कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदै आएको छ ।
गत पुस २० गते देखि कार्यपालिकाको मुख्य गेटमा ६ बुंदे मागहरु राखेर धर्नामा बसेका छन ।
लामो समय देखि तलव सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्नामा छन ।
लामो समय कार्यालयको काम रोकिदा नगर बाट पाउने सेवा नागरीकले पाउन नसकेको सेवाग्रहीहरुले गुनासो गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु