रौतहट, ८ माघ । रौतहट सहित मधेशका जिल्लाहरु मा भगवान राम को मन्दिर अयोध्या मा प्राण प्रतिष्ठा गरेको दिनको अवसरमा रामजानकी मन्दीरहरुमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगाएत धार्मीक कार्यको आयोजना भएका छन ।
रौतहट सहित मधेश प्रदेशका पर्सा, वारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाहरु को राम जानकी मन्दिरमा भक्तजनहरुको भिड लागेको थियो ।
चन्द्रपुर ६ शान्तिनगरमा रहेको राम जानकी मन्दिरमा भक्तजनहरुको घुइचो लागेको छ । बाजागाजा, भजन सहित चन्द्रपुर चौक बाट शुरु भएको यात्रा शान्तिनगरको रामजानकी मन्दिरमा पुगेको थियो ।
रामजानकी मन्दीरमा सयौ भक्तजनहरुले पुजाआजा गरेको रामजानकी मन्दिर ब्ययवस्थापन समितीका अध्यक्ष राजन बोगटीले जानकारी दिएका छन ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर ५ कर्मचारी मिलनकेन्द्र नजिक नवनिर्मित राम मन्दीरको एक समारोहका बीच प्राण प्रतिष्ठाको साथै मन्दीरको उदघाटन गौर नगरपालिका को नगरप्रमुख शम्भु साहले गरेका छन ।
दुर्गा भगवती गापाको पाँच वटै वडामा विभिन्न किसिमका झाकीहरु प्रदर्शन गरिएको साथै स्थानीय युवाहरुको नेतृत्वमा मोटरसाइकल रयाली निकालेएर गाउँपालिकाको पाँच वटै वडा परिक्रमा गरिएको छ ।
संघिय साँसद किरण साहको नेतृत्वमा “जय श्री राम, जय जय श्री राम” को नाराहरु घन्काउदै मोटरसाइकल रयाली निकालिएको छ ।
यस्तै गरुडामा काँग्रेसका युवा नेता दिपक यादव सहितका युवाहरुले मोटरसाइकल रयाली निकालेका छन । गरुडा, राजदेवी, देवाहीगोनाही, परोहा, इशनाथ, बौधीमाई, मौलापुर, माधवनारायण, गढीमाई, वृन्दावन, फतुवा विजयपुर, गुजरा र चन्द्रपुर नगरपालिकामा हर्षोल्लास र भक्तीका साथ भगवान रामको पुजा आराधना गरिएको छ ।