Wednesday, January 22, 2025

मन्दिर र ब्रम्हस्थान मा आगजनी

पछिल्लाे समाचार


रौतहट १० माघ । ईशनाथ नपा ५ जटहारा गाउँमा रहेको सामुदायिक बिधालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिकै रहेको ब्रह्मस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेका छन ।
आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका प्रतिनिधिसभा सदस्य किरण कुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थल पुगेर निरिक्षण गरेका छन ।
जटहरा टोल छेउ को मन्दिरमा रहेको हनुमानको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो।


आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले कसैले पराल राखेर मंगलबार राती दुवै मन्दिरमा आगजनी गरेको बताएकी छिन ।
जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको डिएसपी गिरीले जानकारी दिएकी छन्।


धार्मीक तथा सामाजिक सद्भाव बिगार्न आराजक गतिबिधि गर्ने लाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले माग गरेका छन् ।
आगलागीबाट क्षतिग्रस्त भएको हनुमानको उक्त मूर्ति २५ बर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याइ सो स्थानमा स्थापना गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु