Thursday, January 23, 2025

बालनिकेतन माबि र चन्द्रपुर एकेडेमीमा खेल सप्ताह शुरु

पछिल्लाे समाचार


रौतहट १६ माघ । चन्द्रपुर ६ मा रहेको बालनिकेतन मावि र चन्द्रपुर एकेडेमीमा खेल सप्ताह शुरु भएको छ ।
बाल निकेतन मावि मा संचालित खेल सप्ताहको मेयर संजय कुमार काफ्ले ले र चन्द्रपुर एकेडेमीमा ६ नम्बर वडा अध्यक्ष सहदेव केसीले उद्घाटन गरेका छन ।
बालनिकेतन माबि मा बिधालयका कार्यकारी निर्देशक दिपक रेग्मी र चन्द्रपुर एकेडेमीमा अध्यक्ष वसन्त आचार्यको सभापतित्वमा खेल सप्ताह शुरुभएको छ ।


चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफलेले लोकतन्त्र प्राप्तीको लागी शहिदहरुको अतुलनिय योगदान रहेको बताएका छन ।
शहिद दिवश तथा खेल सप्ताहको उद्घाटन गदै मेयर काफ्लेले शहिदहरुले आफनो ज्यानको प्रवाह नगरी योगदान गरेकै कारण अहिले स्वतन्त्र भएर बाच्न र बोल्न पाएको बताए ।
खेलको माध्यमले विद्यालय मात्र नभई वडा र नगरको नै पहिचान बनाउने भएकाले बालबालिकालाई खेलकुदमा लगनशिल हुन समेत उनले आग्रह गरेका छन ।


नगरपालिकाले प्रायः हरेक खेलकुदको कार्यक्रम मा सहयोग गर्दै आएको बताउदै खेलले मानिसमा अनुशासित, स्वस्थ, नियमपालन लगायतका कुराहरु सिकाउने बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नेत्र प्रसाद शर्माले सहिद दिवसको अवसर पारेर विद्यालयले गरेको खेल सप्ताह सुरु गरेकोमा प्रशंसा गरेका छन ।
स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले विद्यालयस्तरमा हुने यस्ता किसिमका प्रतियोगिताले खेलाडी उत्पादन गर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रेस चौतारी मेधश प्रदेशका अध्यक्ष फणिदेव महतले पछिल्लो समयमा शारीरिक कसरत नगरी खेल भनेको वालबालिकाले मोवाईलमा खेल खेल्ने गरेको बताए ।
अध्यक्ष महतले बालबालिकामा कसरतको वानी हट्ने भएकाले शारीरिकरुपमा नै खेल खेल्न सुझाव दिए ।
कार्यक्रममा रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले महिला फुटवलका लागि चन्द्रपुर परिचित रहेको बताँउदै खेललाई स्थानिय तहले पनि प्रोत्साहि गरिनु पर्ने धारणा राखेका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशिल आचार्य, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुरेन्द्र विक्रम बर्तौला, सशस्त्र वेशक्याप सन्तपुरका गणेश वोहरा, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेल, चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा.सुवास चौधरी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख राजन श्रेष्ठ, प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना , संचारकर्मी, शिक्षाप्रेमी
अतिथीहरुले विद्यालयका हाउस क्याप्टेनलाई खेल सामग्री प्रदान गरेका थिए ।
बाल निकेतन बोडिङ्ग स्कूलले शैक्षिक क्लेण्डर अनुसार सहिद दिवसको अवसर पारेर प्रत्येक बर्ष खेल सप्ताह मनाउदै आएको छ । मंगलबारबाट शुरु भएको खेल सप्ताह माघ २० गते समापन हुने सो बिद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीले जानकारी दिएका छन ।


रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर एकेडेमीले मंगलबारदेखि खेल सप्ताह सुरु गरेको छ ।विद्यालयका संचालक समिति अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी रहनुभएको थियो । खेल सप्ताहको शुभकामना दिदै वाड अध्यक्ष केसीले मानिस स्वस्थ्य रहन खेल अतिआवश्यक भएको बताउनुभएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक सुशिल आचार्य, प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महत, विद्यार्थी नेता श्यामहरि चौलागाई , प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना , रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । सो कार्यक्रमको संचालन भने संचालक शेखर पहाडीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संचालक राजेन्द्र तिवारीले राख्नुभएको हो । सहिद दिवसको अवसर पारेर चन्द्रपुर एकेडेमीले खेल सप्ताहको आयोजना गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु