गौर,१३ माघ । आम जनता पार्टीले घोषणा गरिएको मधेश बन्दको क्रममा प्रहरीले पक्राऊ परेका नेता कार्यकर्ताहरुलाई आजपा अध्यक्ष प्रभु साहले सम्मान गरेकोछन ।
आजपाका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिब अरुण घिसिंग, सचिव समिना हुसैन, इन्चार्य त्रिभुवन साह, आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबू मंसूर, विद्यार्थी मोर्चाको इन्चार्ज सरोज बछार, महिला मोर्चाको अध्यक्ष बबिता कुमारी, इन्चार्य सिमल साह, सांस्कृतिक मोर्चाका इन्चार्य बिजय यादव, जनजाति मोर्चाको अध्यक्ष पासांङ्ग तमांङ्ग, केन्द्रीय सदस्य राजेश साह, बिजय साह तथा आईटी आर्मीको उपाध्यक्ष निवेश यादव, रामशरण यादव, दिपलाल यादव, आमिंद्र, रामसागर लगायतलाइ बन्दको क्रममा प्रहरीले हिरासतमा लिएको थियो ।
बन्द सफल पार्न र बैंक पिडितहरुलाई न्याय दिलाउन मजबूत आधार तयार गरेको निष्कर्ष सहित बन्दमा सक्रिय सहयोग गर्ने सबैलाई अध्यक्ष साहले धन्यवाद दिएका छन ।
देवाही गोनाही नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई आँम जनता पार्टीले सम्मान गरेको हो ।